१२ साउन २०८३, मंगलबार
नक्कली शरणार्थी प्रकरण

प्रहरीले मध्यराति दबाबमा बयान लियो : टेकनारायण पाण्डे

प्रहरीले मध्यराति दबाबमा बयान लियो : टेकनारायण पाण्डे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले प्रहरीले मध्यराति दबाबमा बयान लिएको बताएका छन् ।

काठमाडौं जिल्ला अदालतमा बयानका क्रममा प्रहरीले आफूलाई दबाबमा पारेर मध्यराति बयान लिएको बताएका हुन् । ‘मैले अनुसन्धान अधिकारी समक्ष गरेको बयान दबाबमा गरेको हुँ । मध्यरात निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक–पटक लगेर प्रहरी घेरामा राखेर बयान लिएर अन्तिममा सरकारी वकीलको सहीछाप गराइएको हो ।’ उनले भनेका छन्, ‘अनुसन्धानमा भएको बयान केही मैले लेखाए बमोजिमको सत्य हो भने केही ब्यहोरा प्रहरीको बहकावमा गरिएको छ । सो सम्बन्धमा मैले मेरो अनुसन्धानमा भएको मिति २०८० जेठ ३ गतेको थप बयानमा समेत खुलाएको छु ।’ उनले आफू निर्दोष रहेको र शरणार्थी प्रकरणमा कुनै पनि गलत काम नगरेको अदालत समक्ष बयान गरेका छन् ।

३८ महिना निःशुल्क सेवा

बयानको क्रममा पाण्डेले २९ वर्ष नियमले प्राप्त हुने बिदासमेत नलिई इमान्दारीपूर्वक राष्ट्रको सेवा गरेको बताएको छन् । ‘म आफूलाई इमान्दार राष्ट्र सेवकको रुपमा मान्छु । २९ वर्षको सेवा अवधिमा नियमले पाउने घर बिदा र क्याबि तथा पर्व बिदासमेत नलिएर एक मिनेट पनि सरकार र राज्यको काम नठगी उच्च आदर्शकासाथ सेवारत छु,’ पाण्डेले बयानमा भनेका छन्,’ लगभग ३८ महिना सरकार र राज्यको लागि अतिरिक्त र निःशुल्क सेवा गरेको छु । मबाट राज्यलाई ठग्ने र व्यक्तिलाई दुःख दिने कुनै नियत कल्पना गर्न पनि सक्दिनँ ।’

salt training

कमेन्ट गर्नुहोस्