असोज १०, २०८०
अभियन्ता ईः अर्थात ईशान श्रेष्ठ र काठमाडौँँ महानगरपालिकाबीच ४ बुँदे सहमति भएको छ । उनको माग पुरा गर्न काठमाडौँ महानगरपालिका सहमत भएसँगै उनको आन्दोलन पनि रोकिएको छ । थप समाचार महानग...
पर्यटकीय नगरी पोखराको विश्वव्यापी रूपमा चर्चासँग जोडिएको हिमाल हो अन्नपूर्ण । हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रूपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ ।
सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो ।
पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।
पहिलोपटक आरोहण गरेको दिन जुन ३ लाई प्रत्येक वर्ष टान गण्डकीले निरन्तर रूपमा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको उनको भनाइ छ ।
‘टान गण्डकीको स्थापनाको ३० वर्षयता अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ,’ उनले भने, ‘अन्नपूर्ण आरोहण दिवस नेपालकै पर्वतीय पर्यटनको विशिष्ट दिन हो ।’
नेपालमा आउने विदेशी पर्यटकमध्ये करीब ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये औसतमा १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेका छन् ।
अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको बताउँदै अध्यक्ष पन्थीले यस दिवसको गरिमा र महत्त्वलाई जीवन्त राख्नु अपरिहार्य भएको बताए ।
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
अभियन्ता ईः अर्थात ईशान श्रेष्ठ र काठमाडौँँ महानगरपालिकाबीच ४ बुँदे सहमति भएको छ । उनको माग पुरा गर्न काठमाडौँ महानगरपालिका सहमत भएसँगै उनको आन्दोलन पनि रोकिएको छ । थप समाचार महानग...
नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा ...
चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन् ...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले बुधवार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले बिहीवार अनन्त चतुर्दशीको अवसरमा सार्वजनिक बिद...
विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिन...
सहमतिमा नेतृत्व छान्ने प्रक्रिया विफल भएपछि नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि दुईजनाले उम्मेदवारी मनोनयन फारम भरेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले प्रस्तावक र समर्थकसहित ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...