काठमाडौं, २२ भदौ— विवादित बन्दै गएको रियालीटी सो नेपाल आइडलको आजको एपिसोडमा भोट मागिएन । जिल्ला अदालत काठमाडौंले शुक्रबारसम्म भोट गणना नगर्न अल्पकालिन आदेश दिएसँगै आजको एपिसोडमा चार प्रतियोगिको प्रस्तुतीमात्रै रहेको आयोजकले बताएको छ ।

गत शुक्रबार आइडलले अन्तिम तीन प्रतिस्पर्धी नछानी पुनः भोटिङ आह्वान गरेर भोलि शुक्रबार अन्तिम तीन छान्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । सो मुद्दाउपर हिजो शुक्रबारसम्म भोट नगन्न आइडलको नाममा अल्पकालिन अन्तरिम ओदश लिएको थियो ।सो मुद्दामा भोलि टुंगो लाग्ने बताइएको छ ।
आजको शोमा जज र एंकरले आइडल अन्तराष्ट्रिय नियमअनुसार सञ्चालन गरिएको भन्दै शंका नगर्न आग्रह गर्दै भोट नमागि कलाकारको प्रस्तुतिमात्रै रहने जानकारी दिएका थिए । अब गतसाताकै भोटको आधारमा अन्तिम तीनको छिनोफानो गर्ने बताइएको छ ।