२१ असार २०८३, आइतबार
जनगणना २०७८

नेपालीपछि धेरै बोलिने मातृभाषा मैथिली, कुन भाषा बोल्ने कति छन् ?

जेठ २०, २०८०
काठमाडौं
नेपालीपछि धेरै बोलिने मातृभाषा मैथिली, कुन भाषा बोल्ने कति छन् ?

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा १४२ वटा जातजाति रहेका छन् । नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । 

नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथिली हो । नेपालमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । 

कार्यालयको विवरणअनुसार नेपालमा ६. २४ प्रतिशतको मातृभाषा भोजपुरी, ५.८८ प्रतिशतको थारू र ४.८८ प्रतिशतको तामाङ रहेको छ । 

null

जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्