
नेपालमा बोलिने मातृभाषा १२४ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो ।
नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथीली हो । नेपालमा मैथीली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । कार्यालयको विवरणअनुसार नेपालमा ६. २४ प्रतिशतको मातृभाषा भोजपुरी, ५.८८ प्रतिशतको थारु र ४.८८ प्रतिशतको तामाङ रहेको छ ।
कार्यालयको विरणअनुसार नेपालमा केही यस्ता मातृभाषा छन् जुन एकदमै कम मान्छेले मात्रै बोल्छन् । एक हजार भन्दा कम मान्छेले बोल्ने भाषामा पन्जाबी, धुलेली, खाम्ची(राउटे)लगायत छन् ।
हेर्नुहोस् सूची