१९ असार २०८३, शुक्रबार

कांग्रेस विधि र नियममा चलेन : प्रकाशमान सिंह

जेठ २०, २०८०
काठमाडौं
कांग्रेस विधि र नियममा चलेन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । शनिवार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने बताए । 

अबको समयमा पार्टीलाई विधिसम्मत रूपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए । ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो,' उनले भने, 'अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौती सामना गर्नु पर्नेछैन ।’

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्