
बुटवलमा शनिवार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१२ तामनगरमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको लु ३९ ख ९१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीकाो मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमृत भण्डारीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।