कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई १५३ मौरी सहितको घार वितरण गरेको छ ।
आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरी सहितको घार वितरण गरेको हो ।
आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरी सहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानी लगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिए ।
म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरी सहितको घार वितरण गरिसकेको कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गरिएको उनले बताए ।
बन्दीपुर गाउँपालिका–२ हलथुम्काका विपन्न, गरीब र न्युन आएका भएका ४६ परिवारलाई मौरी सहितको घार वितरण गरेको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भीरकोटमा १५ वटा मौरी सहितको घार वितरण गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरूलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा मौरी सहितको घार वितरण कार्य गर्दै आएको आएको उनले बताए ।
मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पुर्याउन मौरी सहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।