
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ ।
६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको फोनका प्रयोगकर्ताले सहजरूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध रहेको सामसङले जनाएको छ ।
यो फोनमा १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् ।
साथै मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरू खिच्न सकिन्छ । ग्यालेक्सी एफ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरू खिच्न सकिने सामसङले जनाएको छ ।
यसको अगाडि रहेको ३२ मेगापिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाई क्वालिटीको सेल्फी, भिडियो र भिडियो कलहरू गर्न सकिन्छ ।
अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ ।
उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ ।
२५वाटको सुपर–फास्ट चार्जीङले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ । यति मात्र नभएर ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्षसम्मको ग्यारेन्टी सुरक्षा अपडेटको सुविधा पनि लिन सकिने छ ।
यसमा रहेको ‘भ्वाइस फोकस’ ले आसपासको आवाजहरूलाई कम गर्छ र भ्वाइस वा भिडियो कलको बेला तपाईंको आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्ताले धेरै हल्ला हुने ठाउँहरूमा पनि स्पष्टताका साथ कलहरू गर्न सक्छन् ।
ग्यालेक्सी एफ५४ सिल्भर र निलो गरी दुई आकर्षक रङहरूमा उपलब्ध छ ।
यसको ८+२५६ जीबी भेरियन्ट रु.५२,४९९/– को मूल्यमा बजारमा उपलब्ध छ ।
यो मोडलका फोनहरू देशभरिका सबै शोरुमहरूमा उपलब्ध रहेको सामसङले जनाएको छ ।