×

Dabur
MG

ए डिभिजन लिगमा मच्छिन्द्रसँग हिमालय शेर्पा पराजित

काठमाडाैं | जेठ २४, २०८०

NTC
Marvel
प्रतिकात्मक तस्वीर
IME BANK INNEWS
Premier Steels

साविक विजेता मच्छिन्द्र फूटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जीत निकालेको छ ।

yONNEX
Sagarmatha Cement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जीत निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

जीत हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दै १ गोल खान पुगेको थियो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले १ तथा आफिज ओलावालेले २ गोल गरे । हिमालयनका पिस्टोन मुटुम्बाले १ गोल सान्तोवना गोल फर्काएका थिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

हिमालयन शेर्पामाथि शुरूआतबाट नै हाबी हुँदै खेलेको मच्छिन्द्रले २६औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

Vianet communication
Laxmi Bank

खेलको ६८औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० को बनाउँदा  ७७औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पुर्‍याएका थिए । ओलावालेकोे जारी लिगमा २०औं गोल पनि पूरा भएको छ । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो ।

खेलको अन्तिम १० मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको ८२औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ८५औं मिनेटमा निशान लिम्बूले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटिएको थियो । विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाइएको थियो ।

त्यसपछि खेलको ९०औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मच्छिन्द्र ३–१ ले विजयी भयो । मच्छिन्द्रको यो ११औं जीत हो । जीतसँगै  मच्छिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।

लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा न्युरोड टीम (एनआरटी)ले मनाङलाई १–० ले स्तब्ध बनायो । स्पष्ट जीत निकाल्ने क्रममा एनआरटीका दिपेश आले मगरले १७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यससँगै एनआरटीले जारी सिजनमा आठौं जीत निकाल्न सफल भएको छ । एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ । 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् ।  गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मि...

असोज १३, २०८०

चीनमा १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आइतवार माल्दिभ्ससँग भिड्दैछ । खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे शुरू हुँदैछ । गत असो १० गत...

असोज १२, २०८०

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ । बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २&nd...

असोज ११, २०८०

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी भएको छ । नेपाली टोलीले मंगोलियालाई हराएको हो । हान्झाउमा बिहीवार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३&ndash...

असोज ११, २०८०

१९औं एसियाली खेलकुद २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्...

असोज १३, २०८०

पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले साफ यू–१९ फूटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार साँझ दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै भारतले ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x