२३ असार २०८३, मंगलबार

लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

जेठ २४, २०८०
काठमाडौं
लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । 
बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको छ । 

‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्यज्यूहरुले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ । 

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि रु १०००, राजनीतिक समिति सदस्यका लागि रु ७०० र केन्द्रीय सदस्यहरुका लागि रु ५०० मासिक लेबी तोकेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्