२६ जेठ २०८३, मंगलबार

अदालतमा प्रहरीकै सामुन्ने हत्या, वकिलको भेषमा आएका व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार

जेठ २५, २०८०
काठमाडौं
अदालतमा प्रहरीकै सामुन्ने हत्या, वकिलको भेषमा आएका व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार

भारतको उत्तर प्रदेशस्थित लखनऊमा बुधवार अदालत परिसरमा प्रहरीकै सामुन्ने अन्धाधुन्ध गोली प्रहार गरेर १ जनाको हत्या गरिएको छ ।

घटनामा सञ्जीव माहेश्वरी ‘जीवा’ मारिएका छन् । जीवा मुख्तार अन्सारी निकट माफिया रहेको बताइएको छ ।

उत्तर प्रदेशको राजधानी हो लखनऊ । त्यहाँ मुख्यमन्त्री कार्यालय, आवास, प्रहरी मुख्यालयदेखि थुप्रै प्रशासनिक संरचना छन् । यस्तो सुरक्षित रहनुपर्ने क्षेत्रमा अदालत परिसरमै हत्याकाण्ड भएपछि थुप्रै प्रश्न खडा गरिएका छन् ।

हत्याकाण्ड भएको ठाउँबाट मुख्यमन्त्री आवास ७ किलोमिटर मात्रै टाढा छ । डीजीपी कार्यालय १० किलोमिटर टाढा रहेको बताइएको छ ।

जीवा पनि आपराधिक दुनियाँमा परिचित नाम हो । उनले विभिन्न व्यापारीलाई अपहरण गरेर फरौती माग्ने गरेका थिए । भारतीय जनता पार्टी (भाजपा) नेता मायावतीलाई गेस्ट हाउस काण्डमा बचाउने ब्रह्मदत्त द्विवेदीको हत्यामा संलग्न भएपछि जीवालाई जन्मकैद गरिएको छ ।

अदालत परिसरमा आएर जीवाको हत्या गर्ने व्यक्ति १९ वर्षीय विजय यादव छन् । उनी वकिलको भेषमा अदालत प्रवेश गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्