२६ जेठ २०८३, मंगलबार

विवाहको तेस्रो दिन पत्नीले गराइन् पतिको हत्या

जेठ २५, २०८०
काठमाडौं
विवाहको तेस्रो दिन पत्नीले गराइन् पतिको हत्या

विवाह भएको तेस्रो दिन नै एक युवाको हत्या भयो । घटनाबारे छानबिन गर्दै जाँदा हत्यामा उनकै पत्नीको संलग्नता रहेको पाइएको छ ।

भारतको बिहारस्थित गयाको लकडाही गाउँमा भएको घटनापछि प्रहरीले नवविवाहित पत्नीलाई पक्राउ गरेको छ । पति अशोक कुमारले २९ मईका दिन रेवती कुमारीसँग विवाह गरेका थिए ।

अशोक ३१ मईदेखि बेपत्ता भएका थिए । जताततै खोजबिन गर्दा पनि फेला नपरेपछि प्रहरीमा बेपत्ता भएको रिपोर्ट लेखाइएको थियो ।

खोजबिनकै क्रममा १ जुनका दिन अशोकको शव फेला पर्‍यो । धारिलो हतियार प्रहार गरेर उनको घाँटी रेटेर हत्या गरिएको थियो । यससँगै परिवार शोकमा डुब्यो ।

प्रहरीका एसएसपी आशीष भारतीले घटनालाई गम्भीर रूपमा लिँदै एसपी हिमांशुको नेतृत्वमा प्राविधिक टीम बनाएर छानबिनको आदेश दिए । छानबिन गर्दै जाँदा बेहुली रेवतीको अर्कै पुरुष उपेन्द्र यादवसँग अवैध सम्बन्ध रहेको र यसबारे बेहुलाले थाहा पाएपछि हत्याको योजना बनाइएको खुलासा भयो । रेवतीको इशारामा उपेन्द्रले नै अशोकको हत्या गरेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्