१० साउन २०८३, आइतबार

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्टहामले जित्यो

जेठ २५, २०८०
काठमाडौं
युरोपा कन्फरेन्स लिगको उपाधि वेस्टहामले जित्यो

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्टहामले जितेको छ । बुधबार राति सम्पन्न इनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै वेस्टहामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औं मिनेटमा वेस् हामका लागि साइद बनेराहमाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

त्यसलगत्तै ६७औं मिनेटमा फियोरेन्टिनाका जियाकोमो बेनाभेन्तुराले जवाफी गोल फर्काएका थिए । तर, खेलको अन्तिम समयमा वेस्ट हामका बोवेनले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई उपाधि चुमाए ।

salt training

कमेन्ट गर्नुहोस्