२६ जेठ २०८३, मंगलबार

बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा

जेठ २५, २०८०
काठमाडौं
बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा

प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

सभाको आजको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिएका छन्। यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरे। 

बैठकमा सांसदहरू सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङ, डा सुनिलकुमार शर्मा, रामकुमार राई, हरि ढकाल, ऐनबहादुर शाही ठकुरी, सूर्यप्रसाद ढकाल, लीलादेवी बोखिम, प्रतिक्षा तिवारीलगायतले आफ्ना धारणा व्यक्त गरे । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्