असोज ६, २०८०
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् । सामुदायिक सेवा केन्...
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् ।
श्रमदानमार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, पर्खाल लगाउने काम गरिएको छ । वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा अन्य विभिन्न संरचनाको मर्मत तथा निर्माण गरिएको वडाध्यक्ष सुन्दर ओलीले जानकारी दिए ।
उनका अनुसार श्रमदानबाट वडामा हुने विकास निर्माणको कामलाई पनि सहयोग पुगेको छ । श्रमदानमार्फत सडक, गारेटाबाटा मर्मत हुने भएपछि त्यहाँ खर्च हुने रकमले अन्य काम भएको वडाध्यक्ष ओलीले जानकारी दिए ।
जनप्रतिनिधिले गर्ने श्रमदानमा वडावासीको पनि सहभागिता हुने गरेको छ । विभिन्न समयमा जनप्रतिनिधिले श्रमदान गर्दै गर्दा वडावासी पनि श्रमदान गर्न आउने गरेको वडाध्यक्ष ओलीले बताए । वडावासी र जनप्रतिनिधि गरेर दुई सय १३ दिन श्रमदान भएको छ । जनप्रतिनिधिलाई महिनामा एक दिन श्रमदान गर्नुपर्ने अनिवार्य भए पनि वडाका स्थानीयलाई भने अनिवार्य नरहेको वडा कार्यालयले जनाएको छ ।
एक दिन श्रमदानमा सहभागी नहुने जनप्रतिनिधिले रु छ सय श्रमदान नगरे वापत वडालाई बुझाउनुपर्ने हुन्छ । त्यो रकम पनि सामाजिक काममा खर्च हुने वडाध्यक्ष ओलीले जानकारी दिए । पछिल्ला दिनमा श्रमदान गर्ने परिपाटी हराउँदै गएपछि वडामा श्रमदानको अवधारण ल्याई काम सुरु गरिएको हो ।
श्रमदानप्रति वडावासी पनि सक्रिय देखिन थालेको र अब काम गर्न झनै सहज हुने वडाध्यक्षको भनाइ छ । अबको श्रमदानको काममा वडावासीको उपस्थितिलाई पनि बढाउने वडाको योजना रहेको उनले बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् । सामुदायिक सेवा केन्...
विश्व शान्ति दिवसका अवसरमा काठमाडौंस्थित आत्मज्ञान प्रचार संघमा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित का...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परि...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थाहरूले दिगो विकासका लक्ष्यअनुसार कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् । समाजकल्याण परिषद्द्वारा आज आयोजित ४४औं सामाजिक स...
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको संविधानले ठूल्ठूला क्रान्तिकारी परिवर्तन अँगालेको भए पनि कार्यान्वयन पक्ष सुखद् नभएको बताएका छन् । नेपालको संविधान बनेको ८ वर्ष पूरा भएको अवसरमा श...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...