१० साउन २०८३, आइतबार

प्रदेशस्तरीय महिला फूटबलको उपाधि नवलपुरलाई

जेठ २६, २०८०
नवलपुर
प्रदेशस्तरीय महिला फूटबलको उपाधि नवलपुरलाई

गण्डकी प्रदेशस्तरीय महिला फूटबलको उपाधि नवलपुरले जितेको छ ।

नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले ५० हजार पुरस्कार प्राप्त गर्‍यो । उपविजेता स्याङ्जाले ३० हजार प्राप्त गर्‍यो ।

प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेल मैदानमा खेलाइएका थिए । 

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो ।

महिला फूटलब खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्