३० जेठ २०८३, शनिबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

जेठ २६, २०८०
काठमाडौं
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । 

बैठकमा आर्थिक वर्ष २०८०–८१ को  बजेटमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् । 

बिहीबारको बैठकमा सांसदहरू सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङ, डा सुनिलकुमार शर्मा, रामकुमार राई, हरि ढकाल, ऐनबहादुर शाही ठकुरी, सूर्यप्रसाद ढकाल, लीलादेवी बोखिम, प्रतिक्षा तिवारीलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । 
गत जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतले बजेट पेश गरेपछि त्यसमाथि सामान्य छलफल सुरु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्