२५ असार २०८३, बिहीबार

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जेठ २६, २०८०
बाग्लुङ
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । 

 कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् ।

कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए ।

'पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ,' उनले भने । उनीहरू ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् । महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताए । तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ । यसका लागि २० लाख बजेट स्वीकृत भएको छ ।

बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ ।

असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए । खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्