भदौ १५, २०८०
पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएकाहरू नै यो देशका शत्रु हुन् भनेझैं गरेर राज्यले ती नागरिकलाई कथित सौताको व्यवहार गरिरहेको छ । राज्यले यो बिर्सेको छ कि गाँजालाई वैधानिकता दिएर नियमन गर्दै सारा नेपालीलाई सुख दिन सकिन्छ । उल्टो गाँजाको प्रवर्द्धनमा लागेकाहरूलाई जेलमा कोचिरहेको छ ।
कुनैबेला नेपालको प्रतिनिधिमण्डल चीन जाँदा सहयोगको वार्तालापमा एक चिनियाँ नेताले भनेका थिए, ‘तपाईंहरू सुनको कचौरा लिएर भीख मागिरहनु भएको छ ।’
चीनका ती नेताले अर्थ्याएका थिए, ‘नेपाल जलविद्युत् र प्राकृतिक स्रोत उपयोग गरेर धनी हुन सक्छ ।’ जडीबुटीको उपयोगमा उनले संकेत गरेका थिए । योमध्ये एक थियो गाँजा उत्पादन र बिक्री । यति धनी हुँदाहुँदै के हामी सुनको कचौरा बोकेर दुनियासँग अनुदान र ऋण मागिरहेका छौं ? एकपटक दुनियाँतर्फ फर्कौं ।
१६औं शताब्दीमा ब्रिटिश र फ्रान्सेली अधिनस्थ क्यानडा आर्थिक रूपमा कमजोर थियो । भूबनोटमा संसारको अब्बल भए पनि आदिवासीबीचको मतान्तर र विदेशी उपनिवेशले क्यानडा जर्जरको अवस्थामा थियो । त्यो बेला ब्रिटिशहरू लागूपदार्थको कारोवार गर्थे । गाँजालाई लागूपदार्थ बनाएर अन्य अमेरिकन मुलुकहरूमा निर्यात गर्दै आएका थिए । अधिकांश युवाहरू कुलतमा फस्दै गए । सन् १९८२ मा क्यानडा ऐन जारी गरेर ब्रिटिशहरू त्यहाँबाट अलग भए ।
त्यसपछि गाँजाको वैधानिक नियमन शुरू गरियो । युवाहरूको कुलत हटाउने र औषधिका रूपमा प्रयोग गर्ने नीति क्यानडाले तयार पार्यो । फलस्वरूप क्यानडा औषधिजन्य सामग्रीका लागि गाँजाको कच्चा पदार्थ उत्पादनमा विश्वकै नम्बर वान बन्यो । यसको शुरूआत गरेका थिए, तत्कालीन प्रधानमन्त्री पियरे ट्रुडोले । उनले सन १९८० देखि ०८४ सम्म शासन गर्दा गाँजाको वैधानिकताबारे विश्वव्यापी बहस चलाएका थिए । पियरेकै पालामा तयार गरिएको गाँजा कानून सन् २००१ मा लागू गरियो । त्यसपछि मेडिकल प्रयोजनका लागि क्यानडाले गाँजालाई वैधानिकता प्रदान गरिदियो । अहिले क्यानडा गाँजा उत्पादन र यसका सामग्री निर्यात गरेर संसारमा धनी मुलुकमा दरिएको छ ।
यी पियरे हुन्, हालका जुझारू प्रधानमन्त्री जस्टिन ट्रुडोका बुवा । जस्टिनले पनि त्यही गरे । बुवाले देखाएको बाटो पछ्याए । गाँजा मुद्दामा परेका व्यक्तिलाई गैर–अपराधीकरण गर्न जस्टिनले नयाँ कानून निर्माण गरिदिएका छन् । फलस्वरूप अहिले क्यानडा धनी मात्र बनेको छैन, युवाहरू कुलतमा लाग्ने विकृतिमा झण्डै शतप्रतिशत कमी आएको छ ।
गाँजालाई वैधानिकता दिएर धनी भएको अर्को मुलुक हो, उरुग्वे । लामो समय स्पेनीहरूको उपनिवेश र वामपन्थी युद्धबाट प्रताडित दक्षिण अमेरिकन मुलुक उरुग्वे सन् २००० सम्म आइपुग्दा कंगाल मुलुक बनिसकेको थियो । स्पेनीहरूले छाडेर गएपछि आन्तरिक द्वन्द्वका कारण उरुग्वे लागूपदार्थका लागि विदेशीहरूको अखडा बन्दै गयो । राज्यले लागूपदार्थ कारोवारलाई नियन्त्रण गर्न सकेन । त्यसपछि गाँजा मुद्दामा युवाहरू धमाधम जेल पर्न थाले ।
यसले देशको युवाशक्ति क्षयीकरण भएको विवरण तयार पारेर तत्कालीन राष्ट्रपति जोस मुजाकाले गाँजालाई वैधानिकता दिने घोषणा गरे । विपक्षीको चर्को विरोधका बावजुद उनले गाँजालाई वैधानिकता मात्र दिएनन्, युवाहरूको शक्तिलाई रोजगारमा रूपान्तरण गरिदिए । गाँजालाई लागूपदार्थका रूपमा प्रयोग गर्न नियन्त्रण गरे । त्यसपछि उरुग्वे विस्तारै आर्थिक रूपमा सम्पन्न मात्र बनेन, लाखौं युवाहरूले रोजगार पाउँदै गए । अन्ततः सन् २०१४ मा तत्कालीन राष्ट्रपति जोस मुजाकालाई गाँजा उत्पादन र बिक्रीलाई वैधता प्रदान गर्न सफल भएकोमा नोबेल पुरस्कारका लागि मनोनयन गरिएको थियो । अहिले यो मुलुकमा लागूपदार्थ प्रयोग नियन्त्रणमा आइसकेको छ भने रोजगार र उत्पादनमा निकै बढोत्तरी भएको छ ।
विश्वका जुन–जुन मुलुकमा गाँजा प्रतिबन्ध छ, त्यहाँ अपराधीकरण तीव्र बन्दै गएको छ । जहाँ नियमन गर्दै वैधता प्रदान गरिएको छ, त्यहाँ युवाहरू कुलतबाट टाढा हुँदै गएका छन् । यसले के प्रमाणित गर्छ भने निषेधले कुलत सुधार्ने होइन । कुलत हटाउन खुला गर्नुपर्छ । जुन वस्तु जति खुला हुन्छ, त्यसको गलत उपयोग त्यति नै कम हुन जान्छ । छोपिएको वस्तुमा खतरनाक दृष्टि परिरहेको हुन्छ । मेक्सिको त्यही अमेरिकन देश हो, जहाँ लागूपदार्थको कारोवारले आर्थिक अवस्था थिलोथिलो भएको छ । अपराधीकरण बढिरहेको छ । मेक्सिकोमा गाँजा प्रतिबन्ध छ ।
हाम्रो छिमेकी मुलुक भारतकै कुरा गरौं । भारतमा गाँजा प्रतिबन्ध छ । तर विश्वमा गाँजाजन्य लागूपदार्थ बिक्री गर्ने र अपराधमा संलग्न हुनेमा भारतीयहरू सबैभन्दा अघि छन्, जुन कुरा विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले सार्वजनिक गर्दै आएका छन् ।
भौतिक विकासमा भारत जति अघि छ, त्यति नै अघि गरीबी र सडकमा मागेर बस्ने भिखारीहरूको संख्यामा पनि छ । भारतजस्तै, गाँजामा प्रतिबन्ध लगाउने अधिकांश मुलुकको हालत दरिद्र, बेरोजगार, अपराध र नैरास्यतामा जकडिएको अवस्था छ । फेरि, अफिम खेती गर्ने अफगानिस्तानजस्तो त हुने होइन भनेर एकथरिले तर्क गर्न सक्छन् । अफगानिस्तान जस्तो आतंकवाद उत्पादन गर्ने होइन, क्यानडाजस्तो डलर फलाउने उद्देश्यमा जोड दिने भनिएको हो ।
अब हाम्रै देशतर्फ फर्कौं । गाँजा भन्नेबित्तिकै हामी गँजडी, भुसाहाजस्ता कुलत शब्दको उपहासमा जकडिएका छौं । यसलाई धूवाँमा उडाएर होइन, औषधि र कयाैं उपयोगी सामग्रीमा रूपान्तरण गर्न सकिन्छ भन्ने ज्ञान पाएका छैनौं । यसको मुख्य दोषी राज्य हो । राज्यले नै सही बाटो देखाउन सक्दैन भने नागरिकहरू स्वतः गुमराहमा पर्दै जान्छन् । अहिले बल्ल गाँजाको उपयोगका बारेमा सही बहस चल्न थालेको छ । विभिन्न अभियानकर्ता र राजनीतिक दलहरूमा यो विषयले प्रवेश पाएको छ । गाँजालाई व्यवसायीकरण गर्ने आधार के हुन सक्छन्, अब त्यो विषयमा चर्चा गरौं । निम्न पाँच आधारबाट नेपालले गाँजालाई पूर्ण व्यवसायीकरण गर्न सक्छ ।
१. नेपालको विविध हावापानीमा अनेक प्रकारका गाँजा उत्पादन हुन्छ । अहिले देशभरका सार्वजनिक जमिनमा फैलिएको गाँजा देख्दा यो कुरा सिद्ध हुन्छ । ठाउँ अनुसार, विभिन्न प्रकारको गाँजासहजै उत्पादन हुने भएकाले जग्गाको विवरण र उत्पादन परिणाम अध्ययन गरेर तुरुन्त लागत संकलन गर्नुपर्छ ।
२. नेपालमा वार्षिक करीब ३ लाखको संख्यामा युवाशक्ति रोजगारका लागि तयार हुन्छन् । उनीहरू सबैलाई संघीय सरकारको निर्देशनबमोजिम हरेक पालिकाले गाँजा उत्पादन, नियन्त्रण, कानूनी प्रक्रिया, व्यवस्थापन र आम्दानीको तालिम दिनुपर्छ । योग्य सबै युवालाई गाँजा उत्पादन र यसको व्यवसायमा संलग्नका लागि लाइसेन्स उपलब्ध गराउनुपर्छ ।
३. गाँजा उत्पादन गर्न मलखाद, विषादीको लागत शून्य हुन्छ, यसमा अतिविपन्न परिवारदेखि सम्भ्रान्त व्यक्तिले समेत समान रूपले काम गर्न सक्छन् । त्यसका लागि राज्यले अनुसन्धान, अध्ययन र अवलोकन गरेर औषधि, लत्ताकपडा, अन्य घरायसी सामग्री निर्माण गर्ने वृहत् योजना तयार पार्नुपर्छ । गाँजाका सामग्री निर्माण गर्ने कलकारखाना खोल्नुपर्छ । औषधि उद्योगलाई व्यापक बनाउनुपर्छ । साथै, यसको कच्चा पदार्थ बाह्य मुलुकमा निर्यात गर्न सम्बन्धित देशसँग सरकारीस्तरमा वार्ता गरी व्यवसायी साझेदारी गर्नुपर्छ ।
४. गाँजाको गैरकानूनी प्रयोग, यसको चोरीनिकासी र कुलतमा संलग्नहरूलाई आजीवन यसको कारोबार गर्न नपाउने कानून निर्माण गर्नुपर्छ, ता कि एकातिर आम्दानीको स्रोत बन्द हुने डरले कोही पनि कुलतमा फस्न नसकोस्, अर्कातिर सामाजिक वहिष्करणमा पर्ने भयले कोही व्यक्ति पनि चोरी निकासीमा संलग्न नहोस् ।
५. हरेक पालिकाका वडास्तरमा यसको भण्डारण र संकलन राज्यतहबाट हुनु अनिवार्य छ । कुनै पनि किसानले उत्पादन गरेको गाँजाको बजारीकरणमा कुनै झञ्झट नपरोस् । जसरी राज्यले शिक्षा, स्वास्थ्यमा केन्द्र तहबाट कर्मचारी संयन्त्र बनाएको छ, त्यसरी नै गाँजा व्यवस्थापन, संकलन, भण्डारणका लागि केन्द्रदेखि वडा तहसम्म सरकारी संयन्त्र निर्माण गर्नुपर्छ ।
अन्त्यमा
हामीलाई अब सुखी र धनी हुन धेरै हतारो भैसकेको छ । राज्यले गाँजा फाँडेर बहादुरी देखाउने होइन, गाँजा उत्पादनको मेरुदण्ड बनेर जनतालाई समृद्धिको मार्गमा लान सक्नुपर्छ । हिजो गाँजा फाँडेर गरीब भयौं, अब गाँजा बेचेर धनी बनौं भन्ने प्रण गर्न जरुरी छ । त्यसका लागि क्यानडा, अमेरिका लगायतका देशहरूमा एकपटक फर्कनैपर्छ । जति खुला वातावरण तयार हुन्छ, उति मानिसले स्वनियन्त्रणमा बाँच्न सिक्छ ।
आज क्यानडाले अर्थोपार्जन मात्र गरेको छैन, गाँजाको कुलतमा फसेका हजारौं युवालाई मुक्ति प्रदान गरेको छ । यसको कारण नै गाँजालाई वैधानिक बनाएर व्यवसायीकरण गर्नु हो । गाँजा धूवाँमा उडाउने वस्तु मात्र होइन, यो हामीले भात खाने मुख्य आम्दानीको स्रोत हो भन्ने जनजागरण पैदा गर्नुपर्छ ।
सरकारले गाँजा खेती व्यवस्थापन ऐन २०७६ जारी गरिसकेको छ । तर, यसले मात्र पुग्दैन, किनकि यो ऐन पूर्णत व्यावहारिक छैन । सरकारले हालै जारी गरेको बजेटमा औषधिजन्य उपयोगका लागि गाँजाको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । यो झारा टार्ने उपाय मात्र हो । अब कुनै किताबमा होइन, सिधै ‘एक्सन’मा जान ढिला भइसकेको छ । जनतामा मुलुक विकास गर्न जसरी हुटहुटी पैदा भइरहेको छ, त्यसरी नै सरकारलाई जनता धनी बनाउन हुटहुटीको जरुरी छ ।
हाम्रा सार्वजनिकदेखि निजी जमिनहरू त्यसै बाँझो बनेर खेर गइरहेका छन् । खोल्साखाल्सीमा झ्याँगिएका गाँजाहरू सोत्तर बनिरहेका छन् । यी कुनै सोत्तर बनाउने पतझर होइनन्, पैसाका कुन्यू हुन् । डलरका भकारी हुन् । आज देशभरका कुनाकुनामा हुर्किएका पैसाका बोटहरू हामी फाँडिरहेका छौं । अहिलेसम्म ‘विनाशकाले विपरीत बुद्धि’ भनेजस्तो भयौं । अब कम्तीमा पनि, बुद्धिमानी बनौं । सुख हाम्रो घरघरमा छ । तर, हामी सुख खोज्न पराई मुलुकमा भौंतारिरहेका छौं । अब चेतौं । ०८० को यो दशकलाई समृद्धिको उज्यालो कालखण्डमा रूपान्तरण गरौं । गाँजा उत्पादन, उपयोग र बिक्री नै अर्बौं डलरको खानी हो भन्ने मूलमन्त्र जप्न सबै तयार बनौं ।
पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका प...
अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल म...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
कोभिडका कारण थला परेको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई चलायमान बनाउन विश्वका धेरै देशले अनेकन रणनीति अघि सारेका छन् । केही महिनाअघि अमेरिका पुग्दा थाहा भयो, न्युयोर्क, कोलोराडो लगायत शहरमा मारिओना फ्री (गाँजा स...
विज्ञान र सूचना प्रविधिमा आएको तुफानी क्रान्तिले भविष्यमा मान्छेको प्रजाति पनि प्रविधिमय बन्नेछ । आधुनिक मिडियालाई परम्परागत भन्दै न्यु मिडियामा आकर्षित मान्छे विस्तारै हजारौं, लाखौं माइलको फिजिकल यात्राका रोमाञ्चक...
सुकरातको मुद्दा, उनको मृत्यु र अद्भूत विचार शीर्षकको पुस्तकमा उनका आत्माकथाकार प्लेटोले उल्लेख गरेका थिए, मोटो ओठ र थेप्चो नाक भएको कुरूप अनुहारको मान्छे इसापूर्व चौथो शताब्दीतिर युनानको एथेन्स नगरको सडकमा घुमि...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...