२२ जेठ २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’बाट सम्मानित

जेठ २६, २०८०
काठमाडौं
ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रुपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको हो ।

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।

नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरूलाई प्राविधिक रुपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजीमा सृजनशीलताजस्ता बुँदाहरूलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ ।

ग्लोबल आइएमई बैंक डिजिटल टान्सफरमेसन, टेक्नोलोजीमा नवीनता एवं उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङमार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३ सय ५७ शाखा कार्यालय, ३ सय ५७ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्