२८ असार २०८३, आइतबार

प्रतिगामी शक्ति सल्बलायो, राजतन्त्र फर्काउने दुष्प्रयास भइरहेको छ : माधव नेपाल

जेठ २६, २०८०
काठमाडौं
प्रतिगामी शक्ति सल्बलायो, राजतन्त्र फर्काउने दुष्प्रयास भइरहेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएका छन् ।​​

समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उनले राजनीति विकृत हुँदा भ्रष्टाचारले बढवा पाएको बताए । “नेपालमा विना पैसाको कुनै काम नहुने अवस्था आएको छ, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहा अझै दलाल पुँजी हाबी हुन पुग्ने, इमानदार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ” उनले भने ।

अहिले पुनः प्रतिगामी शक्ति सल्बलाएको र वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको उनको दाबी थियो । अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको बताउँदै अध्यक्ष नेपालले भने, “भुटानी शरणार्थी प्रकरण होस् वा कुनै पनि काम विना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडित बनाएको होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।”

आजदेखि शुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख ‘एजेन्डा’ रहेको सङगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।

उक्त केन्द्रीय अधिवेशनमा देशभरबाट करिब चार सय पत्रकार प्रतिनिधि सहभागी रहेको समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्