१३ असार २०८३, शनिबार

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित बाँकेबाट एक जना पक्राउ

जेठ २६, २०८०
काठमाडौं
स्रोत नखुलेको १४ लाख रुपैयाँसहित बाँकेबाट एक जना पक्राउ

बाँकेको नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट श्रोत नखुलेको १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरीको ३० नम्बर गणले बाँकेको डुडुवा गाँउपालिका-४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई बिहीवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
 
नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको उनको भनाइ छ ।                                        
                                       
 
 

salt training

कमेन्ट गर्नुहोस्