कात्तिक २३, २०८०
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
काठमाडाैं | जेठ २६, २०८०
काभ्रेको भकुण्डेबेंसीमा दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ ।
शुक्रवार नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता मुकुन भुषाल, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा महोत्सवको समुद्घाटन गरेका हुन् ।
त्यसअघि ४ सय बढीको सहभागितामा स्थानीय कला संस्कृति झल्किने झाँकीर्यालीसमेत निकालिएको थियो ।
पहिलो दिन गतवर्षको हिट ‘झिंगेदाउ’लगायतका फिल्म प्रदर्शन गरिएको छ । समीक्षात्मक रुपमा रुचाइएको प्रदीप खड्का र दीया मास्के स्टारर फिल्म ‘प्रकाश’ पनि शुक्रवार बेलुका प्रदर्शन हुँदैछ । शनिवारसम्म ग्रामीण परिवेशमा बनेका १७ वटा फिल्म प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष सापकोटाले बताए ।
जुरी टिमका सदस्य फिल्म सम्पादक भरत रेग्मी, निर्देशक उत्तम अधिकारी, स्थानीय संयोजक सुरज अधिकारी, सम्पादक मित्र डि. गुरुङ लगायत महोत्सवमा उपस्थित छन् । शनिवार थुप्रै फिल्मकर्मीहरु काठमाडौंबाट भकुण्डेबेसी पुग्नेछन् ।
महोत्सवको जुरीमा फिल्म सम्पादक रेग्मीसहित चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र अभिनेता सुवास गजुरेल छन् ।
शनिवार फिल्म प्रदर्शनसँगै लेखक तथा निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत सञ्चालन गर्दैछन् । आयोजक संस्थाका अध्यक्ष सापकोटाका अनुसार अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्ने कार्यक्रम पनि शनिवारका लागि तय गरिएको छ ।
।
चलचित्र विकास बोर्डसँगको सहकार्यमा भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिवार साँझ समापन हुनेछ । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा आयोजना गरिएको थियो । फिल्म हलको सुविधा नभएका क्षेत्रका दर्शकलाई लक्षित गर्दै महोत्सवको थालनी गरिएको आयोजकको भनाई छ ।
समुद्घाटनका क्रममा वक्ताहरूले ग्रामीण चलचित्र महोत्सवको महत्वका बारेमा बोलेका थिए ।
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...