०२ असार २०८३, मंगलबार

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

जेठ २७, २०८०
मुगु
माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रवार मृत्यु भएको हो ।

ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्‍याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्