असोज १३, २०८०
नेताहरूले एकले अर्कालाई आरोप लगाउँदा धेरै प्रयोग गरिने शब्द हो, ‘तिमीहरूको मुटु हामीले छामेका छौँ ।’ खासमा नेताहरू कसैको मुटु छामेका हुँदैनन्, खाली उनीहरूले प्रतीकात्मक रुपमा मात्र छामेको कुरा...
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी ।
घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइँ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसूस गरिराखेकी छन् ।
अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ । १ दशक अगाडिसम्म गाउँबाट बसाइँसराइँँ गरेर बजार झर्नेको संख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छाड्नेको संख्या बढ्दो छ ।
उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँगाउँमा टोलटोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् ।
खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइँका कारण चहलपहल हराउन थालेको छ । विक्रम संवत् २०६६ सालमा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।
पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्त्वाकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउँछिन् । उनले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइँँ गरिरहेको बताइन् ।
‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटो नै बनेको थिएन, हामीहरू १ हप्ता लगाएर थाकखोला पुगेर ढिके नून बोकेर आउँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौं, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौं, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन्, भोटो लगाउँथ्यौं,’ उनले भनिन्, ‘बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौं, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै शहर बजारतिर झर्न थाले ।’
स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार शहर बजारमा सुविधा खोज्दै झरेको बताए । उनले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइँँ गर्नेको संख्या बढ्दै गएको सुनाए । १४ वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उनको भनाइ छ । स्थानीय विदेश जना थलेपछि उनीहरुमा महत्त्वाकांक्षा बढी हुँदै गएपछि बसाइँसराइँ गर्न थालेको भण्डारी बताउँछन् ।
उनी भन्छन्, ‘पहिले विदेश जाने संख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरूलाई गाउँभन्दा शहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलिनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरू गाउँ छोडी राखेका छन् ?, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौं भने विकास पनि भएकै छ ।’
सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइँ रोकिने भण्डारीले बताउँछन् । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बसाइँसराइँका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।– डम्मर बुढामगर/रासस
नेताहरूले एकले अर्कालाई आरोप लगाउँदा धेरै प्रयोग गरिने शब्द हो, ‘तिमीहरूको मुटु हामीले छामेका छौँ ।’ खासमा नेताहरू कसैको मुटु छामेका हुँदैनन्, खाली उनीहरूले प्रतीकात्मक रुपमा मात्र छामेको कुरा...
राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...
विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुर्व्यसनीसम्म बन्न पुगे । आफू बुझ्ने भएदेखि नै चुरोट खान...
बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्...
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाज...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...