×

खानपान

रैथाने परिकार प्रबर्द्धनका लागि कृषि ज्ञान केन्द्रको अभियान

काठमाडाैं | जेठ २७, २०८०

रैथाने परिकार प्रबर्द्धनका लागि कृषि ज्ञान केन्द्र रामेछापले बृहत् अभियान शुरू गरेको छ । केन्द्रको रामेछाप र दोलखा जिल्लामा आफ्नो कार्यक्षेत्र हेर्ने जिम्मेवारी रहेको छ ।

Laxmi Bank

परम्परागत रूपमा चल्दै आएका पुराना मौलिक खाना लोप हुँदै गएको आजको अवस्थामा रैथाने परिकार खोज गरी नयाँ पुस्तालाई चिनाउने प्रयासमा केन्द्र लागि पर्दै आएको छ ।


Advertisment

स्थानीय मौलिक उत्पादनलाई विविधिकरण गरी एउटै सामग्रीबाट धेरै परिकार बनाउने र नयाँ पुस्तालाई बढी आकर्षण गराउने भन्ने अभियानमा लागेको कृषि ज्ञान केन्द्र मन्थलीले समय–समयमा विविध कार्यक्रम आयोजना गरेर जनतालाई रैथाने खानाका विषयमा सजग गराउने प्रयास र अनुदान दिइरहेको छ ।


Advertisment

यसै हप्ता कृषि ज्ञान केन्द्र मन्थलीले एक विशेष कार्यक्रम आयोजना गरी रैथाने परिकारको तालिम सम्पन्न गरेको छ । जिल्लाभर रहेका सम्पूर्ण गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेर रैथाने खाना सम्बन्धी तालिम दिइएको छ । कार्यक्रमका सहभागीमा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेका क्यान्टिन कूक, होटल, होमस्टे आदि रहेका थिए । कृषि ज्ञान केन्द्र रामेछाप, दोलखाकी प्रमुख निर्मला गुरुङको विशेष पहल र केन्द्रका प्रसार अधिकृत प्रमोद दाहालको संयोजकत्वमा ३ दिने तालिम सम्पन्न भएको थियो ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले रैथाने बाली र यसबाट बनाउन सकिने विविध परिकारका विषयमा १ घण्टा श्रव्यदृश्य प्रशिक्षण दिँदै पत्रु खानाका परिकार त्याग्न नसके भोलिका दिनमा बिकरालस्थित आउन सक्ने भनी प्रस्ट पारेका थिए ।

nullआफ्नै मौलिक र परम्परागत रैथाने परिकारलाई अँगालेर आफ्ना बालबालिकालाई स्वस्थ राख्न सकिने र बिस्कुट, चाउचाउ, चिप्स, कुरकुरे, दालमोठ, कोल्ड ड्रिङ्क्स जस्ता परिकारलाई त्यागेर आफ्नै गाउँघरमा उत्पादन हुने लोक खानालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिए । एक रैथाने सामग्रीबाट जतिसक्दो धेरै परिकार बनाएर विविधता देखाउनु र मौलिक लोक परिकारलाई भोलिका पुस्तासम्म जोगाइराख्नु तालिमको मुख्य उद्देश्य रहेको प्रस्तुतिमा खुलस्त पारिएको थियो ।

null

कृषि ज्ञान केन्द्रले जिल्ला–जिल्लामा गर्ने यस्ता तालिमले धेरै उपलब्धि भएको र समय–समयमा हुने यस्ता खालका कार्यक्रमले रैथाने र जैविक बालीका साथसाथै मौलिक परिकार पनि बचिरहने उनको प्रस्ट भनाइ थियो । 

केन्द्रले राजधानी काठमाडौंबाट ग्यास्ट्रोनोमी टुरिज्म एशोसियशन नेपालका अध्यक्ष रमेश भण्डारी र पाँचतारे होटलका सिनियर सेफ तथा नेपाली रैथाने खानाका अभियन्तालाई निमन्त्रणा गरेर निःशुल्क रूपमा जिल्लाभरका २४ जना सहभागीलाई प्रशिक्षण पश्चात प्रमाणपत्र वितरण गरिएको थियो । केन्द्रको कार्यक्षेत्र दोलखामा पनि पर्ने हुनाले यो किसिमको रैथाने परिकार सम्बन्धी तालिम छिट्टै शुरू गरिने कुरा केन्द्रकी प्रमुख निर्मला गुरुङले कार्यक्रम समापनको सबैलाई जानकारी गराए ।

null

कार्यक्रममा के–के रैथाने परिकार बनेका थिए ?

रैथाने परिकार सम्बन्धी ३ दिने कार्यक्रममा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले सम्पूर्ण पकवानका सामग्रीमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिइएको थियो ।

तालिममा सैलुङ्गे टिमुरे आलु, फापर कोदो किमा नूडल्स, कोदो जौको थेन्फुक, जौको लाफिङ, चौरीको चिज, गुच्चे आलु, कोदो फापरको निम्की, मस्याङको बारा, कोदो जौको माडा रोटी, कोदोको पिज्जा, कोदो फापरको प्यनकेक, सिमीको परौठा, सक्खर कागतीको अमृत जल, सागको तरुवा, फर्सीको चप, कोदो जौको कप केक, भोल्टा, कागुनोको खिर लगायत २ दर्जनभन्दा धेरै परिकार तयार गरिएको थियो ।

nullमन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले कार्यक्रमको समापनका दिन सम्पूर्ण परिकार चाखेर जानकारी लिएका थिए । यति छोटो समय र सीमित साधनस्रोतमा पनि यतिधेरै विविधताका साथ रैथाने परिकार तयार भएकोमा कृषि ज्ञान केन्द्र मन्थली, प्रशिक्षक र सहभागीहरूलाई बधाई दिएका थिए ।
 

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

साउन ३, २०८१

इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x