असोज १०, २०८०
राजधानीमा जारी पार्टीको बागमती प्रदेश अधिवेशनमा नेकपा (एमाले)ले उम्मेदवारी मनोनयनको फारम वितरणको भाका सार्दै गएको छ । अब दिउँसो ३ बजेपछि मात्रै फारम वितरण गर्ने सूचना जारी भएको छ । तर ३ बजेपछि पनि फार...
काठमाडाैं | जेठ २७, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिवार) कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
ठूलो पानी नपर्दा र मनसुनी गतिविधि शुरू नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ ।
यसैगरी स्थानीय वायुको प्रभावका कारण देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी विस्तारै घट्दै जाने उनको भनाइ छ ।
तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिविधि बढ्न सक्ने उनले बताए।
शुक्रबार देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ ।
निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।
तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।
राजधानीमा जारी पार्टीको बागमती प्रदेश अधिवेशनमा नेकपा (एमाले)ले उम्मेदवारी मनोनयनको फारम वितरणको भाका सार्दै गएको छ । अब दिउँसो ३ बजेपछि मात्रै फारम वितरण गर्ने सूचना जारी भएको छ । तर ३ बजेपछि पनि फार...
नेकपा (एमाले)को बाग्मती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । बुधबार बिहान पार्टी केन्दीय कार्यालय च्यासमा मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी मनोनयलगायत कार्यक्रम सार्वजनिक गरिएको ह...
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोराले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त भएको खुलेको छ । गत शनिवार बेलुकातिर दक्षिणकालीबाट बल्खुतर्फ आउने क्रममा टौदह क्षेत्रमा राज्यमन्त्रीको सचिवालयका लाग...
कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपीको तानिएको छ । इलाका प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीलाई त्यहाँबाट तानेर राजेन्द्र श्रेष्ठलाई पठाइएको छ ।&n...
काठमाडौँ महानगरपालिकासँग ४ बुँदे सहमतिपछि अभियन्ता ईः भनिने इशान श्रेष्ठले बुधबार रातिदेखि आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । महानगरले सडक व्यापारीको अस्तित्व स्वीकार गरेको भन्दै उनले स...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा केन्द्रीय समिति तथा पदाधिकारी विस्तारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने लहर चलेको छ । एकपछि अर्को गरी राजीनामा दिँदै नेता/कार्यकर्ताले पार्टी परित्याग गर्न...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...