१२ साउन २०८३, मंगलबार

टस हारेपछि नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

जेठ २७, २०८०
काठमाडौं
टस हारेपछि नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले टस हारेपछि नेदरल्याण्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्दैछ ।

टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएकाे हो । 

आईसीसी विश्वकप छनोट खेल अघि नेपालको यो दोस्रो अभ्यास खेल हो । पहिलो खेलमा ब्याटिङ नचल्दा नेपाल स्कटल्याण्डसँग सहजै ७ विकेटले पराजित हुन पुगेको थियो । 

नेपाल १३६ रनमै अलआउट भएको थियो । दक्षिण अफ्रिकामा यो अन्तिम अभ्यास खेलेर नेपाल छनोट खेल्न जिम्बावे जानेछ । ​

छनोटअन्तर्गत नेपालले पहिलो खेल ३ असारमा घरेलु टोली जिम्बावेसँग खेल्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेस्टइण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्