काठमाडौ, २४ भदौ- नयाँ बानेश्वरमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार दिउँसो राज्यमन्त्री चढेको बा१झ ७१६३ नम्बरको झन्डावाल गाडीले बा४८प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट सिन्धुपाल्चोक जलवीरेका सहदेव श्रेष्ठ र उनकी सानिमा अञ्जु श्रेष्ठ घाइते भएका छन् । घटनालगतै सर्वसाधारणले घेरेपछि मन्त्रीलाई प्रहरीले भगाएको थियो । घाइतेको एभरेस्ट नर्सिङहोममा उपचार भइरहेको छ, राजधानी दैनिकमा खबर छ ।