०८ असार २०८३, सोमबार

ललितपुरबाट ६ जना जुवाडे पक्राउ

जेठ ३०, २०८०
ललितपुर
ललितपुरबाट ६ जना जुवाडे पक्राउ

ललितपुरबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा डम्बर बहादुर राई , मुकुन्द थापा, जय नारायण चौधरी, मनोहर बुढाथोकी, रवीन्द्र बोगटी र रेवती कुमार पौडेल रहेका छन् । 

महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथली स्थित डम्बर बहादुर राईको घरकोठा भित्र जुवा खेल हुने गरेको सूचनाको आधारमा प्रहरी टोली सो स्थानमा पुगेको थियो । 

रितपूर्वक बरामदी खानतलासी गर्दा जम्मा चौरानब्बे हजार चार सय पचास रुपैयाँ र ६ बुक ताससमेत बरामद भएको प्रहरीले जनाएको छ । 

ललितपुर प्रहरीले दशीको सामान सहित उनीहरुविरुद्ध जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्