२४ जेठ २०८३, आइतबार

विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

जेठ ३०, २०८०
काठमाडौं
विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री  पुष्पकमल  दाहाल ‘प्रचण्ड’सँग विद्यालय कर्मचारीको जारी आन्दोलनको सम्बोधनबारे आज शिक्षक नेताहरूको भेटवार्ता भएको छ ।

सो सम्बोधन एवं सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गराउने प्रयत्नअन्तर्गत आज प्रधानमन्त्री दाहालसँग उनको कार्यकक्षमा सिंहदरबारमा विचारविमर्श भएको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । प्रधानमन्त्री दाहालले विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्न पहल गर्ने बताए ।

भेटमा महासङ्घका अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी, एकीकृत अनेशि सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र रेशमीलाल चपाईं थिए । 

salt training

कमेन्ट गर्नुहोस्