१० साउन २०८३, आइतबार

कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई

जेठ ३१, २०८०
काठमाडौं
कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवा देशबाहिर प्रस्थान गरेकोले स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । 

उनका अनुसार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको हो । 

देउवा स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर गएका छन् । उनी पत्नी आरजुसहित सिंगापुर गएको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्