०६ साउन २०८३, बुधबार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल

जेठ ३१, २०८०
काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल

संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल शुरु भएको छ। 

समितिको आजको बैठकमा प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् । 

ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गरेका पशुपतिशम्शेर जबराले उजुरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजुरीमाथि छलफल अगाडि बढाउने जानकारी दिए । 

यसअघि बैठकमा समिति सदस्य सांसद जनार्दन शर्माले उजुरीहरू फरक–फरक खालका  भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्ने बताएका थिए ।

सांसद महेश बर्तौलाले उजुरीहरू अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। कतिपय उजुरीहरू राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो । 

अर्का सांसद रमेशजङ्ग रायमाझीले भने, “कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने ? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ ।”

salt training

कमेन्ट गर्नुहोस्