२५ जेठ २०८३, सोमबार

फिल्म ‘गणपति’ भदौमा प्रदर्शन हुने

जेठ ३१, २०८०
काठमाडौं
फिल्म ‘गणपति’ भदौमा प्रदर्शन हुने

अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । 

यसअघि जेठमा प्रदर्शनमा आउने भनिएको यो फिल्म आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो । 

सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र मेनुकासँगै प्रकाश घिमिरे, सूर्यमाला खनाल, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु महर्जन, कविता न्यौपाने, देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ । 

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता लक्ष्मण रिजाल हुन् ।

salt training

कमेन्ट गर्नुहोस्