
प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तर्गत मन्त्रालयगत छलफल हुने कार्यसूची छ । जसअनुसार वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद र शरी विकास मन्त्रालयमाथिको छलफल हुने छ ।
उल्लेखित मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेस गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।