२९ असार २०८३, सोमबार

लेनदेन मुद्दाका फरार आरोपी पक्राउ

जेठ ३२, २०८०
काठमाडौं
लेनदेन मुद्दाका फरार आरोपी पक्राउ
प्रतिकात्मक तस्वीर

लेनदेन (बिगो) मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारीलाई प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (बिगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगरपालिका–१ कुपण्डोलबाट पक्राउ गरिएको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
 

कमेन्ट गर्नुहोस्