०९ असार २०८३, मंगलबार

म्यानमारमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

जेठ ३२, २०८०
काठमाडौं
म्यानमारमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

म्यानमारको सेनाको हेलिकप्टर बिहीवार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ । 

म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करीब ५ किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्