×

NMB BANK
NIC ASIA

प्रस्तावित प्रन्या कार्कीलाई प्रश्नः आचरणविरुद्ध जाने न्यायाधीशप्रति कसरी अगाडि बढ्नुहुन्छ ?

काठमाडाैं | असार १, २०८०

NTC
Premier Steels

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिमा प्रश्न सोध्न थालिएको छ ।

Muktinath Bank

शुक्रवार बिहान शुरू भएको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले आचरणविरुद्ध जाने न्यायाधीशहरूप्रति कसरी अगाडि बढ्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सोधेका छन्, ‘नागरिकहरूको न्यायपालिकाप्रतिको भरोसा कमजोर किन बन्यो ? जनआस्था बढाउन तपाईंको भूमिका के हुन्छ ? अदालतमा सजिला–अफ्ट्यारो दुवै प्रकृतिको मुद्दा हुन्छन्, प्रस्तावित प्रन्याज्यू क्रुसियल मुद्दामा आफूलाई असजिलो हुने मुद्दामा बेन्च छाडेर भाग्नुहुन्छ भन्ने आरोप छ ।’


Advertisment
Nabil box
Kumari

उनले न्यायाधीश अभाव र ढिलासुस्तीबारे पनि प्रश्न गरेका छन् । ‘उच्च अदालतमा ४० जना न्यायाधीश अभाव छ, मुख्य न्यायाधीश ६ जना अभाव छ । सर्वोच्चमा ७ जना अभाव छ । सर्वोच्चमा मुद्दाको चाङ थपिनुमा तपाईंको भूमिका छैन ?’ उनले सोधे, ‘सिटिङ न्यायाधीशले आफ्नो नेतृत्वको बारेमा गोप्य उजुरीको बारेमा सार्वजनिक मिडियामा अन्तर्वार्ता दिनुभयो, आचरणविरुद्ध जाने न्यायाधीशहरूप्रति तपाईं कसरी अगाडि बढ्नुहुन्छ ?’

Vianet communication

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सार्वजनिक निर्माणको काम भइराख्दा गैरकानूनी निर्णय भइरहँदा आम जनतालाई पीडा भइरहँदा अदालतले सरकारको पक्षमा किन फैसला नगरेको भनेर प्रश्न गरेका छन् ।

नेकपा एमालेका सांसद देवेन्द्र दाहलले भने, ‘तपाईंको कार्ययोजनामा संवैधानिक व्यवस्था भएको संसदीय सुनुवाइको औचित्यमाथि पनि प्रश्न उठाउनुभएकोमा त्यो प्याराग्राफ हटाउन अनुरोध गर्दछु ।’

‘एउटै प्रकृतिका मुद्दामा फरक–फरक नजिर छन् । यति घण्टाभित्रमा प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश गरिएकोमा आगामी दिनमा फेरि यस्तै नजिर नदोहोरिने आधार के छ ?’ उनले सोधे, ‘गलत निर्णय गरेर जग्गा हड्पेको तथा ८ आना जग्गा लिई फैसला गर्नुभएको आरोप छ । वरिष्ठ अधिवक्ता दलीय रूपमा नियुक्त गरिएको र घुस नखुवाए पेशी नतोक्ने आरोप छ नि !’

एमाले सचेतक पदम गिरीले प्रश्न गरे, ‘लामो समयदेखि न्याय क्षेत्रमा लाग्नुभएको छ । तपाईंको नेतृत्वमा रहेका विकृति विसंगतिबारे दिएको प्रतिवेदन आफैं कामु प्रन्या भएको बेला कति कार्यान्वन गर्नुभयो ? नेतृत्व पाए इतिहास रच्छु भन्ने के आधार छ ?’

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले सोधे, ‘तपाईं प्रन्यामा नियुक्त भएपछि सबैभन्दा कम कार्यकाल हुन्छ । तपाईंले प्रस्तुत गरेको कार्ययोजनामा मुद्दा फर्छ्यौटका विषयमा कसरी समाधान गर्नुहुन्छ ? उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा विवाद भएको देखिन्छ । ८ महिनाभन्दा बढी तपाईं कामु प्रन्या भइसक्नुभएको छ । सबै समस्या कसरी समाधन गर्नुहुन्छ ?’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x