०७ असार २०८३, आइतबार

म्यानमार भित्र नै विस्थापित रोहिङ्गाको लागि सरकारी सहयोग

कात्तिक २०, २०७४
म्यानमार भित्र नै विस्थापित रोहिङ्गाको लागि सरकारी सहयोग

याङ्गुन, २४ भदौ– राखिन रज्यभित्र नै विस्थापित भएका रोहिङ्गा मुस्लिम समूदायलाई म्यानमार सरकारले सहयोगको बन्दोबस्त गर्न लागेको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले शनिबार जानकारी दिएको छ ।

म्यानमारको राखिन राज्यमा जारी हिंसाको १६ औ दिनमा आज पहिलो पटक केही मानवीय सहयोग गर्न लागेको सरकारको तर्फबाट जानकारी आएको छ ।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समूदायमाथि भएको यस आक्रमणको कारण दशौ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन । विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, शरणार्थी स्थल र औषधी उपचार विना नै बसेका छन् ।

बङ्गलादेशले म्यानमार सरकारलाई देशभित्र नै विस्थापित भएका रोहिङ्गाहरुलाई सुरक्षित स्थानको प्रवन्ध गर्न लागि आग्रह गरेको छ ।

यद्यपी रोहिङ्गा आतङ्ककारीहरुको आक्रमणको कारण विस्थापित भएका करिब २७ हजार बौद्धधर्मावलम्बी र हिन्दु नागरिकहरु विद्यालय र आश्रमहरुमा सरकारको सहयोगका बसोवास गर्दै आएका छन् ।

गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा सुरु भएको हिंसाको कारण म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या करिब तीन लाख पुगेको छ ।

शनिबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या करिब लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेका हुन् ।

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण बङ्गलादेशको शरणमा पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या २ लाख ९० पुगेका संयुक्त राष्ट्र संघको शरणार्थी निकायका प्रवक्ता जोसेफ ट्रिपुराले जानकारी दिनु भएको छ ।

छिमेकमा पर्ने यस राष्ट्र बङ्गलादेशमा म्यानमारका नागरिक जाने क्रम जारी रहेको छ । म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन् ।

राष्ट्रसंघले गत हप्ता दिएको जानकारी अनुसार बङ्गलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त सङ्ख्या बढेर शनिबारसम्म करिब तीन लाख पुगेको हो ।

म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका छन् । उनीहरु दिनहूँ त्यसतर्फ जाने गरेका छन् ।

यो सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाएको छ । संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुले भने त्यो सङ्ख्या अझै धेरै हुनसक्ने बताएका छन् ।

राखिन राज्यमा हिंसा मच्चिएको बताइएको छ । सोही कारणले म्यानमाली भाग्नुपरेको उनीहरुको दाबी छ । तर पनि म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ ।

गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले बङ्गलादेशको शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्