
नक्कली शरणार्थी प्रकरणका १६ प्रतिवादीलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।
नक्कली शरणार्थी प्रकरणका १६ जना प्रतिवादीलाई शुक्रवार साँझ कारागार लगिँदैछ । कारागार लैजाने क्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको बताए ।
आफूलाई उच्च अदालतले न्याय दिने उनको विश्वास छ ।
