०२ असार २०८३, मंगलबार

नुवाकोट दुर्घटनापछि चितवनमा फेरि अर्को दुर्घटना

कात्तिक २०, २०७४
नुवाकोट दुर्घटनापछि चितवनमा फेरि अर्को दुर्घटना
काठमाडौं, २४ भदौ —नुवाकोटमा ७  जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केहि घण्टापछि चितवनमा फेरि अर्को दुर्घटना भएको छ।accident
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मृतकमध्ये पर्सा जिल्ला गडी नगरपालिका–४ का २७ वर्षीय सेखजबी उल्लाह मियाँ र सोही जिल्ला कालिकामाई गाउँपालिका–३ का २२ वर्षीय सतमियाँ खजुराको खनाखत भएको छ भने एक महिलाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा परी २७ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्