०९ साउन २०८३, शनिबार

बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : माधव नेपाल

असार २, २०८०
काठमाडौं
बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : माधव नेपाल
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक देखिएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताए । मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो सङ्घर्षबाट प्राप्त भएको अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता देखिएको उनको भनाइ थियो ।

विसं २०४६ को आन्दोलनमा पनि वामपन्थीको मोर्चा बनाएर राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै उनले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न तेस्रो शक्तिका रूपमा मोर्चालाई स्थापित गराइने बताए ।

अध्यक्ष नेपालले शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दामा समाजलाई सही दिशानिर्देश गर्न, कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन निर्माण गरिएको मोर्चा छिट्टै घोषणा हुने जानकारी दिँदै कुनै पनि पार्टीलाई मोर्चामा विलय गराउने उद्देश्य नभएको प्रष्ट पारे ।

अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औंल्याउँदै उनले त्यसका लागि स्वच्छ छवि भएका निष्कलङ्क व्यक्ति राजनीतिप्रति आकर्षित हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले तत्कालीन एमालेका नवौं महाधिवेशनमा सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा आफूले अगाडि सारेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्