आजभोलि पफ्र्युमको प्रयोग सामान्यजस्तै भइसकेको छ । शरीरबाट निस्किने पसिनाको गन्ध नियन्त्रण गर्न पफ्र्युमको प्रयोग गरिन्छ । तर, धेरैलाई थाहा हुँदैन, पफ्र्युमको सही प्रयोग कहाँ र कसरी गर्ने ?

पफ्र्युम छालामा सकेसम्म नछर्किनुहोस् । केमिकलयुक्त हुने भएकाले कतिपयको छालामा सीधै पफ्र्युम पर्दा एलर्जी पनि हुन सक्छ । शरीरमा छर्किन बडी स्प्रे प्रयोग गर्न सकिन्छ । पफ्र्युम कपडामा छर्किनुहोस् । कलर, बाहुला, काखीको भागमा छर्किनु प्रभावकारी हुन्छ । पफ्र्युम किन्दा त्यसमा केमिकलप्रति ध्यान दिँदा राम्रो हुन्छ । ब्रान्डेड किन्नुहोस् । सस्तोमा पाइयो भन्दैमा जुन पायो त्यही नरोज्नुहोस् ।
पफ्र्युम साना बच्चाबच्चीलाई सकेसम्म प्रयोग नगर्नुहोस् । यसको गन्धले साना बच्चाबच्चीलाई असर गर्न सक्छ । धेरै ब्रान्डका पफ्र्युममा केमिकल प्रयोग हुने भएकाले बच्चाबच्चीलाई असर गर्न सक्छ । कमलो छालाले कडा केमिकल एडजस्ट नगर्न सक्छ ।
पफ्र्युम प्रयोग गर्दा शरीरमा पहिरिएको सुनचाँदीलगायत धातुका गहनामा नपार्नुहोस् । यसमा प्रयोग गरिएको केमिकलले गहनाको कलर खुइल्याइदिन सक्छ । यसले गहनाको वास्तविक सुन्दरता हराउँछ । ब्युटिसियन सुमित्रा रञ्जितको टिप्स/ नयाँ पत्रिकाबाट