१३ असार २०८३, शनिबार

यस्ता छन् योगी आदित्यनाथमाथि लागेका संगीन आरोपहरू

कात्तिक २०, २०७४
यस्ता छन्  योगी  आदित्यनाथमाथि लागेका संगीन आरोपहरू
काठमाडौं, २६ भदौ – गोरखपुरका सांसद योगी आदित्यनाथ अर्थात अजय सिंह यूपीको मुख्यमन्त्री हुन्, उनी बेलाबेला विवाद र चर्चामा आइरहन्छन् ।Yogi-Adityanath-

योगीको नाममा जति विवाद भएको छ उतिनै आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै उनीमाथि विरुद्ध प्रहरीमा दर्जनौं उजुरी परेका छन् ।

यसमध्ये हत्याप्रयास जस्तो संगीन कार्यमा संलग्न भएको समेत आरोप छ । योगी विरुद्ध गोरखपुर र महाराजगंजमा करिब एक दर्जन उजुरी परेको छ ।

योगीको विरुद्ध धर्म, जाति, जन्मस्थान, निवास भाषाको आधारमा विभिन्न समूहबीच दुश्मनी बढाएको र सद्भाव बिगारेको आरोपमा आईपीसीको धारा १५३ ए का अनुसार मुद्दा दर्ता चलाइएको थियो ।

यसबाहेक पनि उनीविरुद्ध वर्ग र धर्म विशेषको धार्मिक स्थानको अपमान गरेको आरोपमा आईपीसीको धारा २९५ का अनुसार दुईवटा मुद्दा चलेको थियो ।

उनीविरुद्ध कृषि योग्य भूमिमा विस्फोटक पदार्थ प्रयोग गरेर नोक्शानी पु–याएको आरोपमा पनि मुद्दा दर्ता भएको थियो । यो मात्रै होइन उनी विरुद्ध आपराधिक धम्कीका विषयमा आईपीसीको धारा ५०६ का अनुसार मुद्दा चलाईएको थियो ।
उनी विरुद्ध आईपीसीको धारा ३०७ का अनुसार हत्या प्रयास जस्तो संगीन मुद्दा पनि दर्ता भएको थियो । आईपीसीको धारा १४७ का अनुसार हिंसा भत्काएको आरोपमा त्यस सम्बन्धित तीन आरोप पनि उनीमाथि छ । घातक हतियारबाट हिंसा भत्काउने प्रयास गरेको भनी उनीमाथि धारा १५७ अनुसार मुद्दा चलेको थियो ।

कब्रिस्तानमा जर्बजस्ती पसेको आरोपमा धारा २९७ अनुसार पनि उनीमाथि मुद्दा दर्ता गरिएको थियो ।
आईपीसीका धारा ३३६ का अनुसार उनीमाथि अरुको व्यक्तिगत सुरक्षा र जीवनमाथि खतरा उत्पन्न गराएको भनि मुद्दा चलाइएको थियो । जबकी त्यतिनै बेला उनीमाथि धारा १४९ को एक मुद्दा चलिरहेको थियो ।

आईपीसीको धारा ५०४ का अनुसार योगीमाथि जानीजानी शान्ति सुरक्षा उल्लंघन गरेको आरोप दर्ता गरिएको छ । यस बाहेक आईपीसीका धारा ४२७ का एक मुद्दा पनि दर्ता गरिएको छ ।

यो सबै मुद्दा लोकसभा चुनाव २०१४ मा उनले दिइएको बयानमा बताइएको छ । तर कति मुद्दा सकेको र चलिरहेको भन्ने बारेमा जानकारी दिइएको छैन् ।

योगी आदित्यनाथलाई गोरखपुर झडपका क्रममा प्रहरीले नियन्त्रणमा लिइएको र झडपका क्रममा एक युवक मारिएपछि प्रशासनको अनुमति बिना नै योगीले शहरको मध्य क्षेत्रमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
यसपछि उनलाई हजारौं समर्थकबीचमै प्रहरीले नियन्त्रणमा लिइएको थियो । त्यसबेला योगी आदित्यनाथमाथि सीआरपीसीको धारा १५१ ए, १४६, १४७,२७९ र ५०६ का अनुसार जेल चलान गरिएको थियो ।

यसबीचमा उनको संगठन हिन्दू युवा वाहिनीका सदस्यले मुम्बई–गोरखपुर गोदान एक्सप्रेसका केही डिब्बामा आगजनी गरेका थिए । त्यसक्रममा रेलमा सवार यात्रु बालबच्चाहरुले मुश्किलले ज्यान जोगिएका थिए । त्यसबेला योगीको कारण पूर्वी उत्तर प्रदेशका ६ जिल्ला र तीन मन्डलामा पनि झडप फैलिएको थियो । त्यतिबेला सूबेमा मुलायम सिंह यादवको सरकार थियो । - एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्