१३ असार २०८३, शनिबार

महानगरपालिकाको फोहोर आजबाट उठ्ने, यसरी भयो सहमति

कात्तिक २०, २०७४
महानगरपालिकाको फोहोर आजबाट उठ्ने, यसरी भयो सहमति
काठमाडौँ, २५ भदौ- केही सातादेखि उठ्न नसकेको काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोर आइतबारबाट उठ्ने भएको छ । । काठमाडौं महानगरपालिका वातावरण विभागप्रमुख रविनमान श्रेष्ठले दुई महानगरपालिका र नुवाकोटस्थित सिसडोलवासीबीच ६ बुँदे सहमति भएपछि फोहोर उठ्न लागेको जानकारी दिए ।trash

महानगरपालिकाका अनुसार सिसडोलका स्थानीय र महानगरपालिकाबीच शनिबारदेखि नै डम्पिङ साइड प्रभावित क्षेत्रमा औषधि छर्कने, फोहोर तत्काल पुर्न सुरु गर्ने, सिसडोलवासीलाई तत्काल एम्बुलेन्स उपलब्ध गराउने, डम्पिङ साइड प्रभावित क्षेत्रका स्थानीयलाई तत्काल क्षतिपूर्ति दिने, सडक मर्मत तत्काल गर्नेलगायत सहमति भएको हो । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको वार्ता टोली र सिसडोलका स्थानीयबीच शुक्रबार राति सहमति भएको हो, नयाँ पत्रिकामा खबर छापिएको छ ।

श्रेष्ठले भने, ‘सिसडोलका स्थानीय र महानगरपालिकाबीच शुक्रबार रातको २ बजेसम्म वार्ता भयो । ६ बुँदे सहमति गरेर हामी उठ्यौँ । अब समस्या छैन । आइतबारबाट फोहोर उठ्न थाल्छ ।’ माग पूरा नभएको भन्दै ७ भदौदेखि सिसडोलका स्थानीयले फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्