२१ जेठ २०८३, बिहीबार

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

असार ५, २०८०
बुटवल
पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका १० नदवाका ४० वर्षीय विनोद कँहार छन् । मंगलवार खेतमा काम गरिरहेको अवस्थामा कँहारलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

सूचना अधिकारी पाण्डेका अनुसार चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

कँहार पाल्पाको पूर्वखोला गाउँपालिका ५ विरकोटस्थित विरकोट आर्युवेर्दिक औषधालयको कविराज निरीक्षक पदमा कार्यरत थिए ।

salt training

कमेन्ट गर्नुहोस्