२९ जेठ २०८३, शुक्रबार

‘समाजवादी मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई घोषणा गरियो’

असार ५, २०८०
काठमाडौं
‘समाजवादी मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई घोषणा गरियो’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई जानकारीसम्म नदिई समाजवादी मोर्चा घोषणा गरिएको गुनासो गरेका छन् ।

मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले विभिन्न उदाहरण प्रस्तुत गर्दै आफूलाई सिध्याउन खोजिएको बताए ।

उनले लेखेका छन्, ‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा  निर्वाचन चिह्न नै नदिनु ! दोस्रो, अरूलाई २०% मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४०% भन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु ! तेस्रो, २ वर्षअघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु ! के यो सबै आकस्मिकता हो ? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र ?’
 

salt training

कमेन्ट गर्नुहोस्