१७ असार २०८३, बुधबार

बझाङ दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त, आफन्त नहुँदा उपचारमा कठिनाइ

असार ६, २०८०
काठमाडौं
बझाङ दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त, आफन्त नहुँदा उपचारमा कठिनाइ
फाइल फोटो : दुर्घटनामा परेको जिप

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था खतरामुक्त रहेको छ ।

दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले बताए ।

उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र उनीहरू बोल्न सक्ने अवस्थामा छन् । उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुवै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिए । 

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडिको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ । उनीहरू दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनै पनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए । उनले भने, “शल्यक्रिया यही पनि गर्न सकिन्छ तर परिवारका सदस्य नआइकन हामीले गर्न मिल्दैन । उहाँहरूको सल्लाहमा हामीले शल्यक्रिया गर्ने हो ।” जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका जिप चालक हुन् भने भण्डारी अङ्गरक्षक हुन् ।

उक्त गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलवार निधन भएको थियो । 

दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजू पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा मंगलवार बाटोमै मृत्यु भएको थियो । 

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ९१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा धारछडस्थित सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्