२२ जेठ २०८३, शुक्रबार

मोटरसाइक दुर्घटनामा एक जनाको मृत्यु

असार ६, २०८०
तनहुँ
मोटरसाइक दुर्घटनामा एक जनाको मृत्यु
फाइल फोटो

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्

दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्